
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिन्धुपाल्चोकमा क्वारेन्टाइनबाट घर फर्केको २० दिनपछि एक पुरुषको मृत्यु भएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका स्थित मेलचौर क्वारेन्टाइनमा १४ दिन बसेर घर गएका १३ नं वडा का ६८ बर्षिय एक पुरुषको मृत्यु भएको हो ।
नगरपालिकाका मेयर अमानसिंह तामाङले शनिवार बेलुका उनको मृत्यु भएको बताए । मेयर तामाङका अनुसार मृतक पुरुष बाहिरी जिल्ला बाट सिन्धुपाल्चोक आएको भएर क्वारेन्टाइनमा राखिएको र १४ दिन क्वारेन्टाइनमा बसेर घर गएको २० दिन भईसकेको बताए ।
मृतक पुरुषले असहज भएको बताएपछि अस्पताल लैजान खोज्दा खोज्दै मृत्यु भएको मेयर तामाङले बताए । मृतक दमको समेत रोगि भएकोले दम कै कारणले मृत्यु भएको हुन् सक्ने बताईएको छ । यद्यपि बाहिरि जिल्लाबाट आई क्वारेन्टाइनमा बसेकोले कोरोनाको आशंकामा उनको स्वाब परिक्षणको लागि धुलिखेल अस्पताल पठाईएको मेयर तामाङले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्