Skip to content
LAXMI SUNRISE BANK

दिल्लीमा कोरोना प्रकोप दिनानुदिन बढ्दै, २४ घन्टामै थपिए ७९२ संक्रमित

अर्थ सरोकार

  •  अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतको राजधानी दिल्लीमा कोरोनाभाइरसको प्रकोप दिनानुदिन बढ्दै गएको छ । पछिल्लो २४ घन्टाको अवधिमा दिल्लीमा ७९२ नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो दिन ५०० संक्रमित फेला परेका दिल्लीमा एकैपटक झन्डै ३०० को हाराहारीमा संक्रमितको संख्यामा उछाल आएको हो । दिल्लीमा हालसम्म १५ हजार २७५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिसकिएको छ। जसमा ७ हजार ६९० याक्टिभ केस छन् । 
दिल्ली सरकारका तर्फबाट जारी बुलेटिनअनुसार हालसम्म दिल्लीमा कोरोनाबाट ३०३ संक्रमितको ज्यान गइसकेको छ। त्यसो त दिल्लीमा निको भएर अस्पतालबाट डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या पनि पछिल्लो २४ घन्टा ३४० रहेको छ। हालसम्म दिल्लीमा ७ हजार २६४ जना निको भएर घर फर्किसकेका छन्। जुन कुल संक्रमित संख्याको ४७।५ प्रतिशत हुन आउँछ । – एजेन्सी
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK