×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्जिकल सामग्री बढी मूल्यमा बेच्ने टेलिमार्ट नेपाललाई २ लाख जरिवाना

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

सर्जिकल सामग्री बढी मूल्यमा बेच्ने टेलिमार्ट नेपाललाई २ लाख जरिवाना

Artha Sarokar

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अनलाइन व्यापारमार्फत सर्जिकल र मेडिकल सामग्री बढी मूल्यमा बेच्ने टेलिमार्ट नेपाललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त अनलाइन व्यापार स्टोरलाई बुधबार कारबाही गरेको हो । 
टेलिमार्ट नेपाल अनलाइनले एन ९५ माक्स, थर्मल गन, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीइ)  सेटलगायत सामग्री बढी मूल्य लिई बिक्री वितरण गरेको पाइएको थियो । 
विभागले बुधबार नै आरएल ट्रेडर्स काभ्रेस्थलीलाई पनि २ लाख रुपैयाँ जरिवाना गरेको छ। अधिकतम खुद्रा बिक्री मूल्य ४० रुपैयाँ तोकिएको सेन्सेटिभ बेबी वाइप्सलाई उक्त पसलले २ सय १० रुपैयाँमा बिक्री वितरण गरेको भेटिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी