×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धादिङकी कोरोना संक्रमित ३० वर्षकी महिला काठमाडौंको सतुंगल निवासी…

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

धादिङकी कोरोना संक्रमित ३० वर्षकी महिला काठमाडौंको सतुंगल निवासी…

Artha Sarokar

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धादिङ । बिहीबार कोरोना संक्रमण पुष्टि भएको धादिङकी महिला चन्द्रागिरि नगरपालिका सतुंगलको अमरवस्ती क्षेत्रमा बस्ने गरेको पाइएको छ । धादिङको गल्छी गाउँपालिका– ८ की ३० वर्षकी उनी लकडाउनकै बीचमा काठमाडौंबाट धादिङ गएको र वैशाख २७ गते काठमाडौं फर्किएको पाईएको हो ।
उनलाई कोरोना संक्रमण परीक्षणकै लागि काठमाडौं पठाइएको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । यस्तै शुक्रबार विहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले गल्छी गाउँपालिकालाई सिल गर्ने निर्णय गरेको छ । 
प्रमुख जिल्ला अधिकारी तामाङले पूर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेनाको ६ नम्बर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशुली नदी र दक्षिणमा पृथ्वी राजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडकको बीच क्षेत्रलाई शिल गर्ने निर्णया भएको बताए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी