
- अर्थ सरोकार सम्बाददाता
धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका–४ गुम्दीस्थित बुढाथुम स्वास्थ्यचौकी अनिश्चितकालका लागि सिल गरिएको छ । लमजुङका कोभिड–१९ सङ्क्रमित तीन वर्षीय बालक ५० गुम्दीमा ५० दिन बसेर काठमाडौँ गएपछि उनी बसोबास क्षेत्र सिल गरिएको हो । स्वास्थ्यचौकी सिल गरिएसँगै सबै स्वास्थ्य सेवा बन्द गरिएको छ ।
सङ्क्रमितका हजुरबुवा गुम्दी स्वास्थ्यचौकीमा कार्यरत रहेकाले उनी लमजुङको सुन्दरबजारबाट आमासहित चैत ९ गते गुम्दी आएका थिए । ५० दिन यता बसेपछि वैशाख २९ गते काठमाडौँ गएका थिए । काठमाडौँमा घरधनीले कोरोना परीक्षण नगरी घरभित्र पस्न नदिएपछि कोभिड–१९ जाँच गर्दा बालकमा सङ्क्रमण पुष्टि भएको थियो । बालकसँगै रहेकी आमालाई भने कोभिड–१९ देखिएको छैन ।
सङ्क्रमित बालक, उनका हजुरबुवाको सम्पर्कमा आएका, गुम्दीमा उनीहरूले डेरा लिएको घरका परिवारको कन्टयाक्ट ट्रेसिङ गरी स्वाब सङ्कलन गर्न टोली खटाइएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए ।सङ्क्रमित रहेको कोठा वरपरका मानिस, परिवार नजिकका नातेदारको लगत सङ्कलन कार्य भइरहेको र सोको नतिजाबमोजिम स्वाब सङ्कलन र अन्य काम गरिने गङ्गाजमुना गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले जनाकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्