Skip to content
LAXMI SUNRISE BANK

धनगढीकी कोरोना संक्रमित महिलाको छैठौँ परिक्षण, रिपोर्ट यस्तो आयो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । धनगढीकी कोरोना संक्रमित ३४ वर्षीया महिलाको छैठौँ रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ । २८ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको पछिल्लो पटक गरिएको थ्रोट स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।
चैत २२ गते संक्रमण पुष्टि भएकी ती महिलाको छैटौं रिपोर्ट पोजेटिभ आएपनि अवस्था सामान्य रहेको अस्पतालका सूचना अधिकृत दिलीप कुमार श्रेष्ठले बताए । दुबईबाट आएका देवरबाट ती महिलामा संक्रमण सरेको आशंका गरिएको छ । उनका देवर भने उपचार पछि निको भएर फर्किसकेका छन् । हाल नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । जसमा १६ जना निको भइसकेका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK