×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा कुन बैंकको सेवा सुस्त ? कुनको सेवा चुस्त ? ११ तस्विरमा हेर्नुहोस् बैंकहरुको सेवाको लकडाउन फेहरिस्त !

PRIME CA

धनगढीमा कुन बैंकको सेवा सुस्त ? कुनको सेवा चुस्त ? ११ तस्विरमा हेर्नुहोस् बैंकहरुको सेवाको लकडाउन फेहरिस्त !

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सुदुरपश्चिम ब्युरो 
धनगढी – नेपाल राष्ट्र बैंकले समेत केहि दिन अघि एक सूचना जारी गर्दै १ तिहाई कर्मचारी बोलाएर शाखा संचानल गर्न निर्देशन दिएको थियो । तर सुदूरपश्चिमको धनगढीमा भने बैंकहरुले राष्ट्र बैंकको निर्देशन मानेको देखिएन । धनगढीमा सेवा दिने मामलामा बैंकहरु ‘सुस्त’ देखिएका छन् । यसो त प्रदेशको अस्थायी राजधानी धनगढीसहित सबै ठाउँमा रहेका बैंकको सेवा चुस्त र दुरुस्त राख्न नेपाल राष्ट्र बैकले निर्देशन दिएको थियो । यससँगै धनगढीमा गरिएको निरिक्षणमा कुनै बैंकहरुले दिने सेवा चुस्त देखिएको छ भने कुनै बैंकहरुको सेवा निकै सुस्त देखिएको छ ।
हेर्नुहोस् कुन बैंकको सेवा चुस्त, कुन बैंकको सेवा सुस्त ?
धनगढीमा कुमारी बैंक लिमिटेडले आफ्ना सेवाग्राहीहरुलाई राम्रोसँग सेवा दिइरहेको छ । जसलाई चुस्त हिसाबले सेवा दिईरहेको मान्न सकिन्छ । यता बैंक अफ काठमाण्डूको सेवा भने अन्योलमा छ । बैंकका सेवाग्राहीहरुलाई व्यवस्थित तरिकाले लाईन राखेको पनि देखिंदैन । जसले गर्दा कोरोना भाइरसको उच्च जोखिम हुने देखिन्छ । देव: विकास बैंकको सेवा पनि चुस्त नै छ ।
एभरेष्ट बैंक लिमिटेडले सकेसम्म ग्राहकहरु बैंकमा नआउन् भन्ने नियत बोकेको  भान हुने गरी ‘सिधा बाटो’ नअपनाएर अर्कै ढोका (जुन सामान्य ग्राहकले देख्दैनन्) बाट ग्राहक बैंकभित्र छिराएको छ । यसले बैंकको हतास मानसिकतालाई देखाउँछ । सामाजिक दुरी कायम गर्ने बहानामा बैंकले ग्राहक नै झुक्याउने गरी ‘असामाजिक आइडिया’ लगाएको छ । यसले गर्दा धेरै ग्राहकहरु एभेरेष्ट बैंकको सेवा ठप्प छ भन्दै घर फर्किएका छन् । 
यस्तै कृषि विकास बैंक लिमिटेडले पनि आफ्ना सेवाग्राहीहरुलाई चुस्त तरिकाले सेवा दिईरहेको छ भने एनसिसि बैंकको सेवा सुस्त रहेको छ ।  साथै इन्भेष्टमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, माछापुच्छ्रे बैंक, सनराईज बैंक लि र
कञ्चन डेभलपमेन्ट बैंकले सेवाग्राहीहरुलाइ चुस्त तरिकाले सेवा दिइरहेका छन् ।











Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: