
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङख्या २० पुगेको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले तीन जना सङ्क्रमित थपिएको पुष्टि गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।
नयाँ सक्रमितमध्ये दुई जनाको टीकापुर र एक जनाको दार्चुला अस्पतालमा उपचार भइरहेको छ । नयाँ सङ्क्रमितहरुको संख्याका बारेमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले संसदको बैठकमा जानकारी गराएका हुन् ।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले गरेको गतिविधिको बारेमा जानकारी गराउँदै सुदूरपश्चिममा थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्