×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनकुटा अस्पताल सञ्चालनमा ल्याइने, पसल बिहान ६ बजेदेखि ९ बजेसम्म खुला रहने !

LAXMI SUNRISE BANK

धनकुटा अस्पताल सञ्चालनमा ल्याइने, पसल बिहान ६ बजेदेखि ९ बजेसम्म खुला रहने !

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धनकुटा । धनकुटा अस्पताल सञ्चालमा आउने भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकमीलाई गत आइतबार कोरोना भाइसरको संक्रमण देखिएपछि अनिश्चित कालका लागि बन्द भएको उक्त अस्पताल सञ्चालमा आउने भएको हो । बुधबार बसेको धनकुटा कोभिड १९ कमाण्ड फोर्सको बैठकले धनकुटा अस्पतालमा कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएकालाई क्वारेन्टाइनमा राखेर अस्पतालमा सेनिटाइजर गरेर सञ्चालनमा ल्याइने निर्णय गरेको हो ।
धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी तथा कोभिड १९ कमाण्ड फोर्सका सदस्य सचिब जयराम श्रेष्ठले धनकुटा अस्पताल सञ्चालन नभएसम्मका लागि धनकुटा ६ मा रहेको डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालबाट अस्पतालको सबै सेवा सेवा सञ्चालन गरिने बताए ।
यस्तै, धनकुटामा आधारभूत आवश्यकताका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिने तथा निर्माण सामग्री ढुवानीमा टायमकार्ड लागू गर्ने निर्णय भएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले जानकारी दिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी