Skip to content
LAXMI SUNRISE BANK

जिल्ला अस्पताल धनकुटा आसपासको क्षेत्र सिल !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
धनकुटा । जिल्ला अस्पताल धनकुटा आसपासको क्षेत्र सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले एक सूचना जारी गर्दै उक्त क्षेत्र सिल गरिएको जनाएको हो । हिजो मात्र पहिलो पटक धनकुटाको एक स्वास्थकर्मीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको थियो ।
संक्रमित भेटिएपछि हिजो आइतबार राती नै जिल्ला संकट व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर अस्पताल क्षेत्र आसपासलाई चार किल्ला कायम गरेर सिल गर्ने निर्णय गरेको कार्यालयले जनाएको छ । धनकुटामा प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीका अनुसार धनकुटाको वडा नं ७ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र देखि बसपार्क, बसपार्क देखि जिरो पोइन्ट, जिरो पोइन्ट देखि परिचय मोडे, परिचय मोड देखि यलम्बर चोक, यलम्बर चोक देखि सिनेमा हल, सिनेमा हल देखि याक्चना घाट जाने त्रिवेणी चोकसम्मको चारकिल्ला भित्रको क्षेत्रलाई अर्को आदेश नभएसम्म सिल गर्ने निर्णय गरिएको बताएका छन ।
संक्रमणको पुष्टि भएकी स्वास्थ्यकर्मीलाई आइतबार साँझदेखि नै आइसोलेसनमा राखिएको छ भने उनलाई आज विराटनगरस्थित कोभिड १९ अस्पताल पठाइनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK