Skip to content
LAXMI SUNRISE BANK

धनुषाको जटही नाकामा तनाव, सीमामा रोकिएको आक्रोसमा प्रहरीमाथि ढुंगामुढा

अर्थ सरोकार

धनुषा

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुरधाम । भारतबाट आएका नेपालीले सीमामा रोकिएको आक्रोसमा प्रहरीमाथि ढुंगामुढा गरेपछि धनुषाको जटही नाकामा तनाव भएको छ । 
धनुषाको जटही नाकामा सीमामा भोकै बस्नुपरेको भन्दै भारतबाट आएका नेपालीले प्रहरीका साथै एम्बुलेन्समा पनि तोड्फोड गरेका छन् । भारतबाट आएका एक गम्भीर बिरामी लिन पुगेको ज.१त १२१३ नम्बरको एम्बुलेन्समा उनीहरूले तोड्फोड गरेका हुन् ।
सिमामा भारततर्फ रहेका ती बिरामीको अवस्था जानकारी आउन बाँकी रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला जानकारी दिए । भारतबाट आएकाको भीडले नेपालतर्फ ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले २ सयभन्दा बढी भीड नाकामा जम्मा भएपछि व्यवस्थापन गर्न कठिन भएको बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK