×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको आशंकामा धौलागिरी अस्पतालमा एक जना भर्ना

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोनाको आशंकामा धौलागिरी अस्पतालमा एक जना भर्ना

Artha Sarokar

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बागलुङ । कोरोना संक्रमणको आशंकामा एक जनालाई धौलागिरी अस्पताल बागलुङको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि. पोखरेलका अनुसार गल्कोट नगरपालिका–६ चरौदीकी ६५ बर्षीया महिलालाई कोरोनाको शंकास्पद लक्षण देखिएपछि स्वाब संकलन गरी आइसोलेसनमा राखिएको हो । 
उच्च ज्वरो र खोकी लागेपछि उपचारको लागि गल्कोटबाट बागलुङ आएकी उनलाई कोरोना आशंकामा स्वाब संकलन गरी आइसोलेसनमा राखिएको डा. पोखरेलले बताए । उनको स्वाब परीक्षणको लागि बिहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी