×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कारोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित आफन्त डिस्चार्ज, अझै एक साता क्वारेन्टाइनमा बस्नु पर्ने

GLOBAL IME BANK

कारोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित आफन्त डिस्चार्ज, अझै एक साता क्वारेन्टाइनमा बस्नु पर्ने

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कारोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशुसहित आफन्त अस्पतालबाट डिस्चार्ज भएका छन् । धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका उनीहरुमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । दोहोर्‍याएर पीसीआर जाँच गर्दा पनि रिपोर्ट नेगेटिभ आएपछि आइसोलेसनबाट डिस्चार्ज गरिएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ । 
अस्पतालबाट डिस्चार्ज भए पनि उनीहरु एक साता सम्बन्धित क्वारेन्टाइनमा बस्नु पर्ने छ । त्यसपछि आरडीटी गरी घर पठाइने छ । तर, कुनै एक जनामा कोरोनाको लक्षण देखिए पुनः पीसीआर जाँच गर्नु पर्ने अस्पतालले प्रष्ट पारेको छ । वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरालाई जन्म दिएर डिस्चार्ज भई घर गएकी सुत्केरीको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि धुलिखेल ल्याउँदै गर्दा जेठ २१ गते मृत्यु भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: