×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपडेट: कोरोना आशंकित महिलाको मृत्यु भएपछि धुलिखेल अस्पताल सिल गर्ने तयारी, सीडीओले बोलाए आकस्मिक बैठक

LAXMI SUNRISE BANK

अपडेट: कोरोना आशंकित महिलाको मृत्यु भएपछि धुलिखेल अस्पताल सिल गर्ने तयारी, सीडीओले बोलाए आकस्मिक बैठक

३ जेष्ठ २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काभ्रेपलान्चोक । कोरोनाको आशंकामा स्वाब संकलन गरी उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पतालमा सतर्कता अपनाइएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको थियो । उनको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए । काभ्रेका जनस्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले महिलाको रिपोर्ट आउन बाँकी रहेको बताए ।
ती महिला ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।
अस्पतालले केही बेरमा विस्तृत जानकारी गराउने बताएकाे छ । उनको मृत्युलगत्तै जिल्ला प्रशासन कार्यालय धुलिखेलमा यतिबेला कोरोना नियन्त्रण कमाण्ड पोष्टको आकस्मिक बैठक सिडिओ कार्यालयमा बसिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी