
- अर्थ सरोकार सम्बाददाता
काभ्रे । काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण भएको त्यहाँका चिकित्सकले दाबी गरेका छन्। सिन्धुपाल्चोकको बाह्राविसेबाट बिहीबार धुलिखेल अस्पतालमा भर्ना भएकी महिलाको शुक्रबार साँझ उपचारका क्रममा निधन भएको हो । अस्पताल स्रोतका अनुसार ती महिलामा कोरोनाको संक्रमण देखिएको छ।
स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको थियो । उनको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए । काभ्रेका जनस्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले महिलाको रिपोर्ट आउन बाँकी रहेको बताए । यद्यपी अस्पताल स्रोतले भने उनको रिपोर्ट पोजेटिभ आएको बताएको छ।
‘धुलिखेलमा पीसीआर र आरडीटी दुवै रिपोर्ट पोजेटिभ आएको छ। तर पनि अझै रिकन्फर्म गर्न टेकुमा पनि स्वाब पठाइएको छ,’ धुलिखेल अस्पतालमा एक चिकित्सकले भने, ‘टेकुको रिपोर्ट मन्त्रालयले नै सार्वजनिक गर्नेछ।’
निधन भएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि अहिले धुलिखेल अस्पताल सिल गरिएको छ। अहिले आकस्मिक कक्षका चिकित्सक, नर्स सबैको स्वाब कलेक्सन गरेर कोरोना परीक्षणको लागि पठाइएको छ। त्यसका साथै ति बिरामीको उपचारमा सहभागी सबै चिकित्सकलाई पनि अस्पतालमा छुट्टै राखेर स्वाब परीक्षण गरिएको छ । उनको निधनको कारण कोरोना भएको थप पुष्टीका लागि भने स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन कुर्नुपर्ने भएको छ ।
(चिकित्सकको दाबी भएपनि आधिकारिकताका लागि स्वास्थ्य मन्त्रालय कुर्नुपर्ने अवस्था छ। )
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्