×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारका नीति तथा कार्यक्रम दिगो विकासका लक्ष्य हासिल गर्नेतर्फ केन्द्रीत गर्न समितिको सुझाव (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

सरकारका नीति तथा कार्यक्रम दिगो विकासका लक्ष्य हासिल गर्नेतर्फ केन्द्रीत गर्न समितिको सुझाव (भिडियो रिपोर्ट)

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रियसभाको दिगो विकास समितिले सरकारका नीति तथा कार्यक्रम दिगो विकासका लक्ष्य हासिल गर्नेतर्फ केन्द्रीत गर्न सरकारलाई सुझाव दिएको छ । शुक्रबार विज्ञ र सांसादहरुसँगको छलफलपछि समितिले दिगो विकासको निर्धारित लक्ष्य हासिल हुनेगरी नीति तथा कार्यक्रम तय गर्न सुझाव दिएको हो । समिति सभापति तारादेवी भट्टले जलवायु परिवर्तन र कोभिड-१९ विश्वकै मुद्दा भएकोले नेपालले अब नयाँ ढंगले विकासलाई सोच्नुपर्ने बेला भएको बताउनुभयो । 
दिगो विकासका निर्धारित लक्ष्यहरु जलवायु परिवर्तनमा पर्न सक्ने जोखिम न्यूनिकरणका लागि प्रतिवद्ध रहेपनि त्यसका लागि चालिएका कदम र प्रयासहरु प्रभावकारी हुन नसक्दा विश्वले कोरोना महामारीको सामना गरिरहेको उहाँले बताउनुभयो । विज्ञहरुले भविष्यमा कोरोनाभन्दा पनि बढी भयानक अवस्थाको सामना गर्ने चेतावदी दिइरहेका बेला त्यसतर्फ सोच्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।
सभापति भट्टले सरकारका नीति कार्यक्रमलाई दिगो विकास लक्ष्य हासिल गर्दै थप क्रियाशील बनाउन तर्फ शुक्रबारको छलफल केन्द्रित भएको बताउनुभयो । वातावरण विज्ञ शिलशिला आचार्यले डिजेल, पेट्रोल र ठूला होटलहरुको बैकल्पहरुमा सोच्नसकेमा मात्रै पनि वातावारण संरक्षण गर्न सकिने बताउनुभये । नेपालको सन्दर्भमा जलविद्युतलाई प्रवद्र्धन गरी डिजेल पेट्रोलको प्रयोग घटाउने र ठूलो होटलहरुको सट्टा होम स्टेहरुको प्रवद्र्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद भैरव बहादुर श्रेष्ठले वनहरुको वैकल्पिक व्यवस्थापनका नाममा ठूलो मात्रामा वन फडानी भइरहेको बताउनुभयो । सांसद विमला राई पौडेलले जैविक मल र जैविक विषादी बनाउने उद्योग सञ्चालन तर्फ ध्यान दिन सकेमात्रै प्राङ्गारिक कृषिलाई प्रवद्र्धन गर्न सकिने बताउनुभयो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी