×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा लकडाउनलाई खुकुलो बनाइयो, दिल्लीमा मदिरा पसलमा खुल्दा लाग्यो थेग्नै नसक्ने भिड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारतमा लकडाउनलाई खुकुलो बनाइयो, दिल्लीमा मदिरा पसलमा खुल्दा लाग्यो थेग्नै नसक्ने भिड

Artha Sarokar

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा लकडाउनलाई केहि खुकुलो बनाइएको छ । भारत सरकारले लकडाउनलाई केहि खुकुलो पार्ने निर्णय गरेसँगै मदिरा पसल पनि खोल्न दिने निर्णय गरेको छ । 
सोमबार राजधानी सहर दिल्लीमा रहेको देशबन्धु गुप्ता सडकमा रहेको एक मदिरा पसलमा मदिरा खरिद गर्ने मानिसको लामो लाइन देखिएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसा उक्त पसलमा मदिरा खरिद गर्न आउने मानिसको लाइन एक किलोमिटरभन्दा लामो रहेको छ । भारतले सोमबारदेखि मुलुकमा कोरोना भाइरसको जोखिमको आधारमा छुट्याइएको ‘रेड’, ‘अरेन्ज’ र ‘ग्रिन’ जोनहरुमा मदिरा पसल खोल्न दिने निर्णय गरेको थियो । तर, यसरी पसल खोल्दा ग्राहकबीच कम्तीमा ६ फिटको भौतिक दूरी भने कायम राख्नुपर्ने हुन्छ ।
एएनआईका अनुसार दिल्लीका साथै अन्य सहरमा पनि मदिरा किन्ने मानिसको भीड बढेको छ । मानिसहरुले सरकारले तोकेको भौतिक दूरीको नियम पनि मानेका छैनन् । भीड नियन्त्रणको लागि केही स्थानमा प्रहरीले लाठीचार्जसमेत गरेको छ ।
दिल्लीको झील चोक क्षेत्रको एक मदिरा पसल मानिसहरुको भीड थेग्न नसकेपछि प्रहरीले बन्द गराएको छ । दिल्लीका विभिन्न स्थानमा रहेका एक सय ५० मदिरा पसल सोमबारदेखि खुलेका हुन् । त्यस्तै कर्नाटक, छत्तिसगढलगायत विभिन्न राज्यमा पनि मदिरा पसल खुलेसँगै बिहानैदेखि मानिसहरु लाइनमा बसेका थिए । भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या झन्डै १ हजार ४ सय नजिक छ भने संक्रमिटको संख्या ४२ हजार नाघेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी