- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना निको हुनेको संख्या एक सय ५५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारसम्म एक सय ५५ जना निको भएको जनाएको हो । यस्तै आजसम्म कोरोना संक्रमितको संख्या ७७२ जना पुगेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार नारायणी अस्पतालमा उपचारत ४३ जना निको भएर घर फर्किएसँगै कोरोना निको हुनेको संख्या एक सय ५५ पुगेको मन्त्रालयका प्रवक्ता विकास देबकोटाले जानकारी दिए । जसमा १ सय २४ पुरुष र ३१ जना महिला रहेका छन् । आजै मात्र थप ९० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको हो । कोरोना संक्रमण देशका ४६ जिल्लामा देखिएको छ भने मृत्यु हुनेको संख्या ४ पुगेको छ ।