
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप १८ जना निको भएका छन् । उपचारपछि निकाे भएका ४ महिनाको शिशुदेखि ६६ वर्षलाई अस्पतालले डिस्चार्ज गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा .मदन उपाध्यायले जनाकारी दिए ।
वीरगन्ज-३, छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई घर पठाएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार डिस्चार्ज हुनेमा एकै परिवारका २ महिने शिशु, ३ देखि १३ वर्षसम्मका ३ बालिका, ३ देखि १५ वर्षसम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्षसम्मका ४ पुरुष गरी १८ जना रहेका छन् ।
यो परिवारका ३७ वर्षीय पुरुषलाई गएको वैशाख २१ गते कोरोना पुष्टि भएपछि त्यसै दिन नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। उहाँको कन्ट्याक्ट ट्रेसिङ गर्दा वैशाख २४ गते परिवारका अरु १७ जना सदस्यमा पनि सङ्क्रमण देखिएपछि १७ जनालाई पनि वैशाख २४ गते नै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १०५ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्