
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमणको सबैभन्दा धेरै मामिला पुष्टि हुन गर्वलायक र सम्मानजनक कुरा भएको बताएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफूले यसलाई सम्मानका रुपमा लिएको बताएका छन्। ‘यो राम्रो कुरा हो किनकि यसको मतलब हाम्रो टेस्टिङ प्रोटोकल साँच्चै धेरै राम्रो रहेछ भन्ने पुष्टि हुन्छ।’ अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा (बुधबार) आज बिहानसम्म १५ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये ९२ हजार बढीको ज्यान गइसकेको छ ।
अमेरिकामा कोरोनाभाइरस महामारी फैलिएपछि गत सोमबार पहिलोपटक राष्ट्रपति ट्रम्पले क्याबिनेट बैठक डोकेका थिए । बैठकबारे जानकारी दिन ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘अमेरिका कोरोनाभाइरस संक्रमणको मामिलामा अन्य देशभन्दा धेरै अगाडि देखिएको छ। यसको मतलब हामी अन्य देशको तुलनामा साँच्चै नै धेरै टेस्टिङ गर्न सफल भएका छौँ ।’
त्यसैले अमेरिकामा कोरोना संक्रमित धेरै देखिनु नराम्रो भने नभएको ट्रम्पको भनाइ छ। ‘बरु म यसलाई निश्चित रुपमा एउटा सम्मानका रुपमा हेर्छु किनकि हाम्रो टेस्टिङ प्रोटोकल अन्य देशभन्दा धेरै राम्रो देखिएको छ’, उनले भने, ‘यो टेस्टिङ र अन्य सबै कार्यका लागि ती अमेरिकी पेसेवरका लागि यो एउटा महान श्रद्धाञ्जली हो जो यी काममा खटिएका छन् ।’
अमेरिकाको केन्द्रीय एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार अमेरिकामा मंगलबारसम्म १ करोड २६ लाखभन्दा बढी मानिसको कोरोना टेस्ट गरिसकिएको छ । उता विपक्षी डेमोक्रेटिक नेसनल कमिटीले राष्ट्रपति ट्रम्पको यो अभिव्यक्तिको कडा आलोचना गरेको छ । कमिटीले अमेरिकामा १५ लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित हुनुले लिडरसिप पूर्ण रुपमा फेल भएको प्रस्ट जनाएको छ । – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्