
काठमाडौं । कोरोना फैलाउन चीनको हात रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार चीनमाथि आरोप लगाइरहेका छन् । उनले यसका लागि चीनलाई दण्डित गर्ने कुरा पनि गर्दै आइरहेका छन् । यस्तोमा अहिले ट्रम्प कडा रुपमा प्रस्तुत हुदै चीनमाथि कर बढाउने विषय उठाइरहेका छन् । चीनलाई आर्थिक रुपमा कमजोर पार्ने उद्देश्यले अमेरिकी प्रशासनले चीनबाट ज्यादा ट्यारिफ उठाउने घोषणा गरेको छ।
अमेरिकामा यसै वर्ष चुनाव हुँदैछ। यस्तोमा राष्ट्रपति ट्रम्पले विदेशीहरुबाट उत्पादन युनिट फिर्ता लिने प्रस्ताव गरेका छन् । हालैमात्र अमेरीकी गुप्तचर विभागले कोरोनाभाइरस प्राकृतिक रुपमा वा त वुहानको प्रयोगशालाबाट फैलिएको भन्ने कुुनै पनि ठोस प्रमाण नभेटिएको बताएको थियो । तर राष्ट्रपति ट्रम्पले यी तथ्यहरुलाई झुठो भन्दै आइरहेका छन् ।
यस्तैमा अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओले कोरोनाभाइरस चीनकै वुहानबाट फैलिएको भन्ने यथेष्ठ प्रमाण अमेरिकासँग रहेको दाबी गरेका छन् । अमेरिकाले चीनलाई आर्थिक रुपमा कमजोर पार्न विभन्न हत्कन्डा अपनाउने संकेत देखाएको छ । चीन र अमेरिकाको सम्बन्धमा रहिआएको तिक्ततामा यसले थप बल पुर्याएको छ।
अमेरिकी प्रशासनभित्रका स्रोतहरुले चीनविरुद्ध प्रतिबन्धसहितका विभिन्न हतियारहरु प्रयोग गर्ने, अमेरिकी ऋण दायित्व रद्द गर्ने र चीन तथा अन्य सबै देशहरुलाई उनीहरुको जिम्मेवारी महसुस गराउन नयाँ व्यापार नीति तयार गर्ने आतुरता अमेरिकी प्रशासनलाई रहेको छ । कोरोनाभाइरसको फैलावट र संक्रमणको आँकडालाई लिएर चीनको पारर्दशितामाथि प्रश्न उठिरहेका बेला ट्रम्प प्रशासनले चीनलाई दोषी ठहराउँदै विश्वभर चीनविरुद्धको प्रचारप्रसारलाई तीव्रता दिइरहेको छ ।
अमेरिकाले कोरोनाभाइरसको संक्रमणलाई आफ्नो सीमाभित्र नियन्त्रण गर्न पाइरहेको असर्मथता र असफलताको आलोचनालाई ढाकछोप गर्नका लागि चीनविरुद्ध गलत प्रचारबाजी गरिरहेको आरोप लागेको छ ।
राष्ट्रपति ट्रम्पले सारा विश्वमा कोरोनाभाइरस फैलिरहँदा पनि अमेरिकामा यसको प्रभाव कम पर्ने भन्दै कोरोना संक्रमणको प्रभावलाई कम आँकलन गरेका गरिरहेका छन्।
यस्तै ट्रम्पले चीनसँगको एउटा व्यापारीक सम्झौतालाई बचाउनका सी जिनफिङले कोरोनाभाइरसको संकटलाई व्यवस्थापन गर्न चालेका कदमहरुको प्रशंसा गर्ने गरिरहेका छन् । अमेरिकी अधिकारीहरुले चीनले जानाजानी व्यापारिक गतिविधिलाई प्रभावित पारिरहेको तर सार्वजनिक रुपमा भने नियार्तमा रोक लगाएको कुरालाई नकारिरहेको बताएका छन् । अधिकारीहरुका अनुसार चीनले मेडिकल आपूर्ति र मास्कको निर्यातमा रोक लगाइरहेको छ। – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्