काठमाडौँ – विश्वविख्यात दार्शनिक तथा प्रसिद्ध लेखक नोम चम्स्कीले अमेरिकामा कोरोनाका कारण अत्यधिक मानिसले ज्यान गुमाउनुको मुख्य कारण त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्प भएको आरोप लगाएका छन्। कोरोना महामारीलाई ट्रम्पले चुनाव जित्ने सम्भावनको प्रयोग गरेको पनि चम्स्कीले आरोप लगाएका छन्। देशका धनी तथा कर्पोरेट क्षेत्रका मानिसको सहयोगमा ट्रम्पले संक्रमित स्वास्थ्य सुविधा तथा कोरोना कोषको रकम गरेको उनले बताएका छन् ।
अमेरिकामा हालसम्म ८० हजार बढी मानिसले ज्यान गुमाइसकेका छन्। द गार्जियनसँगको अन्तर्वार्ता क्रममा चम्स्कीले भने, ‘ट्रम्प औसत अमेरिकीको पिठ्युँमा छुरा घोपिरहेका छन्, उनी देशको रक्षक बन्ने देखावटी प्रयास गरिरेहका छन्।’ ट्रम्पले आफ्नो कार्यकालमा हरेक साल फन्डमा कटौती गरिरहेका उनको बताएका छन्। ‘अहिले त उनले (ट्रम्प) झनै कोषमा कटौती गरेका छन्। उनको अबको योजना कोषको रकम कटौती जारी राख्ने र जनताको स्थिति जतिसक्दो दयनीय बनाउने छ,’ उनले थपे, ‘ट्रम्पले आगामी चुनावको उम्मेदवारीका लागि यिनै कर्पोरेट क्षेत्रलाई लाभ हुने गरी काम गरिरहेका छन्।’
राष्ट्रपति ट्रम्पले कोरोना रोकथामका लागि आफ्नो जिम्मेवारी सही तरिकाले वहन नगरेको भन्दै उनले गभर्नरलाई कोरासँग लड्ने जिम्मेवारी लिन बाध्य पारेको पनि आरोप लगाएका छन्। अमेरिकामा धेरै मानिस मर्न बाध्य बनाएको र आफ्नो चुनावी राजनीति सुधार्ने योजनामा मात्र ट्रम्प प्रशासन लागिपरेको चम्स्कीले बताए। साथै उनले विश्व स्वास्थ्य संगठनको फन्ड रोक्दा यमन र अफ्रिकी महादेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढ्न सक्ने चेतावनीसमेत दिएका छन्। चम्स्की दार्शनिक तथा आधुनिक भाषाविज्ञानका पिता हुन्। -एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्