
काठमाडौँ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एडेनहोम गेब्रियाससलाई ‘महत्वपूर्ण परिवर्तन’ का लागि ३० दिनको समय दिएका छन् । यसो नगरिए अमेरिकाले उक्त संस्थालाई दिँदै आएको रकम सधैंका लागि बन्द गर्ने चेतावनी पनि दिएका छन् ।
गेब्रियाससलाई लेखिएको पूरा पत्र उनले आफ्नो ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् । यसमा उनले डब्ल्यूएचओले पर्याप्त काम नगरेको आरोप लगाउँदै भने, ‘डब्ल्यूएचओले गत वर्षको अन्त्यमा ऊहानबाट सुरु भएको भाइरसको संक्रमण फैलनुमा विश्वसनीय रिपोर्टलाई नजरअन्दाज गर्यो ।’
साथै उनले डब्ल्यूएचओले बारम्बार चीनको प्रशंसा गरेको पनि दोहोराए । उनले थपे, ‘यदि डब्ल्यूएचओले कुनै महत्वपूर्ण ठोस् सुधार गर्दैन भने अमेरिकाले अस्थायी रुपमा लगाएको प्रतिबन्धलाई स्थायी बनाउने छ र आफ्नो सदस्यताबारे पनि पुनर्विचार गर्नेछ ।’ – एजेन्सी




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्