×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डडेल्धुरामा क्वारेन्टाइनमा बसेका बालकको मुत्यु, कोरोना परीक्षण हुँदै

PRIME CA
GLOBAL IME BANK

डडेल्धुरामा क्वारेन्टाइनमा बसेका बालकको मुत्यु, कोरोना परीक्षण हुँदै

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

डोटी
  • अर्थ सरोकार सम्बाददाता
डोटी । डडेल्धुरा जिल्ला सदरमुकामस्थित डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक छन् । गएराति १२ बजेतिर उनको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
आमा–बाबुसँगै भारतको मुम्बइबाट उनी शनिबार राति १२ बजे मात्रै डडेल्धुरा आइपुगेका थिए । ‘उहाँहरू राति पुगेपछि क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो,’ प्रनाउ न्यौपानेले भने, ‘हामीकहाँ फोन आयो, बालक गम्भीर बिरामी छ भनेर । यताबाट गाडी पठाएर अस्पताल पुर्याएका थियौं ।’ डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुर्याउनुभन्दा अघि नै मृत्यु भएको पुष्टि गरे । उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्याइएको थियो ।
ती बालकले ज्वरोको उपचार गराइरहेको बुझिएको उनले बताए । यसअघि उनको मुम्बईस्थित एक अस्पतालमा मलेरियाको उपचार भएको पारिवारिक स्रोतले जनाएको छ । उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी पठाइसकेको निमित्त मेसु विष्टले जानकारी दिए । ‘रिपोर्ट आएपछि मात्र दाहसंस्कार गर्ने कि भन्ने कुरा चलेको छ,’ विष्टले भने, ‘यस विषयमा प्रशासनसँग छलफल भइरहेको छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: