×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कोरोना महामारीका कारण दुबईका ७० प्रतिशत कम्पनी अबको ६ महिनामा बन्द हुनसक्छ’ : दुबई चेम्बर अफ कमर्स

GLOBAL IME BANK

‘कोरोना महामारीका कारण दुबईका ७० प्रतिशत कम्पनी अबको ६ महिनामा बन्द हुनसक्छ’ : दुबई चेम्बर अफ कमर्स

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दुबईको चेम्बर अफ कमर्सको एक सर्वेक्षणले दुबईका करिब ७० प्रतिशत व्यवसाय अबको ६ महिनामा कोरोना महामारीका कारण बन्द हुनसक्ने बताएका छन् । बिहिबार बेलुका यो सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो । यसमा ‘दुबईका ९० प्रतिशत बढी कम्पनीका अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा उनीहरुको बिक्रि र टर्नओभरमा भारी गिरावट आएको छ’ बताएको छ ।
दुबई चेम्बर अफ कमर्सका अनुसार महामारीका कारण भएको अन्तरराष्ट्रिय सुस्तताको सबैभन्दा धेरै असर साना तथा मझौला उद्योगमा परेको छ । पर्यटन क्षेत्रसँग सम्बन्धित अधिकांश कम्पनी, रियल स्टेटको आधाभन्दा बढी कम्पनी, होटल–रेष्टुरेन्टसमेत रिटेल उद्योगसँग सम्बन्धित मानिसहरुले उनीहरुको काममा ७० प्रतिशतको गिरावट आइसकेको र दोस्रो त्रैमासिकको नतिजा थप भयावह हुने बताएका छन् ।
अनुसन्धानमा संलग्न भएका ४८ प्रतिशत कम्पनीले उनीहरुसँग यो महामारीबाट पार पाउनका लागि कुनै तयार योजना नभएको बताएका छन् । यद्यपि, यी कम्पनीले कोभिड–१९ को प्रकोपलाई सिमित गर्नका लागि उनीहरुले केही उपाय अपनाएको पनि बताएका छन् ।
दुबईस्थित कम्पनीमाथि कोरोनाभाइरस महामारीको असर कम गर्नका लागि के गर्न सकिन्छ, यसबारे दुबई चेम्बर अफ कमर्सले केही सुझाव पनि दिएका छन् । संस्थाले कम्पनीको कानूनी कारवाहीहरुबाट राहत पाउनुपर्ने, भाडामा केही छुट पाउनुपर्ने, कम्पनीसँग सम्बन्धित सरकारी खर्चलाई कम गर्नुपर्ने र सरकारी शुल्कमा माफीबाहेक उनीहरुलाई आर्थिक सहायताको आवश्यकता भएको बताएका छन् ।
संयुक्त अरब इमिरेट्समा आइतबार कोभिड–१९ का कारण थप चारजनाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टा कोरोना भाइरस संक्रमणका ८ सय ९२ नयाँ संक्रमित देखिएका छन् । यससँगै हालसम्म संक्रमणका करिब २७ हजार संक्रमित फेला परिसकेका छन् । -बीबीसी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: