×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई भन्यो – ‘स्वास्थ्यकर्मीहरुको २ ‘सिफ्ट’ बनाई आलोपालो ड्युटीमा लगाउनू’

PRIME CA
GLOBAL IME BANK

स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई भन्यो – ‘स्वास्थ्यकर्मीहरुको २ ‘सिफ्ट’ बनाई आलोपालो ड्युटीमा लगाउनू’

१३ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको ड्युटी सिफ्ट मिलाउनको लागि निर्देशन दिएको छ । मन्त्रालयले सूचना जारी गर्दै स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले दुई समूह बनाई आलोपालो ड्युटी लगाउन निर्देशन दिएको हो ।
“हाल कोभिड १९ रोकथाम व्यवस्थापन गर्न स्वास्थ्यकर्मी तथा सहयोगीहरु संक्रमित हुन गइ सेवा प्रवाह निरन्तरता दिन कठिनाइ हुनसक्ने हुँदा सबै अस्पतालहरुले उपलब्ध जनशक्तिहरुलाई सुरक्षित र व्यवस्थित गर्न दुइ समुह बनाई आलोपालो ड्युटी लगाई (एक टोली एक हप्ता अर्काे टोली अर्काे हप्ता गरी ) सेवा निरन्तरताको सुनिस्चितता गर्नुहुन नेपाल सरकार (सचिवस्तर)को मिति २०७७/२/१२ को निर्णयअनुसार अनुरोध छ ।” सूचनामा भनिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: