
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले इ पास र पहेलो रङका सवारी पास रद्ध गरि निलो रंगको पास जारी गर्ने भएको छ । उपत्यकाभित्र अनावश्यक हिड्ने तथा पैदल यात्रुहरुलाई काठमाडौं प्रवेशमा निषेध गरिएको छ । कोरोनाको संक्रमण बढेसँगै लकडाउनलाई थप प्रभावकारी बनाउनका अतिआवश्यक सामग्री ढुवानीका सवारी तथा स्वास्थ्य सेवाका एक्बुलेन्स संचालन हुने छन् ।
सवारी पास आवश्यक पर्ने व्यक्ति तथा संस्थाहरुले नियामक निकायहरुमा सम्पकै गर्न तथा नियामक निकाय नतोकिएकाले हकमा जिल्ला प्रशासन कार्यालयबाट लिन सकिने छ । काठमाडौंका मूल सडक, भित्री सडक तथा गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको अनावश्यक भीडभाड नगर्न आग्रह गर्दै त्यस्तो गरेका सुरक्षाकर्मीले प्रचलित कानून बमोजिम कारबाहीका लागि नियन्त्रणमा लिन सक्ने जनाएको छ ।
शव बाहन, औषधी तथा स्वास्थ्य सामग्रीहरु, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, ग्याँस, खानेपानी ढुवानी संलग्न सवारी तथा ट्याकर, सबै प्रकारका खाद्य वस्तु, कृषि कार्यसँग सम्बन्धित सामग्री, पशुपक्षीजन्य आहारा, मासु तथा तरकारी एवं फलफूल, दुधजन्य पदार्थ बोकेका सवारी साधजहरु पास विना परिवहन हुने सक्ने छन् ।
त्यस्तै निर्माणका सामग्री बोक्ने सवारी साधनहरु बेलुकी ८ बजेदेखि विहान ६ बजेभित्र सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं स्वीकृति दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्