![](https://1.bp.blogspot.com/-7kB4luVxrOc/XsOTp6ohJMI/AAAAAAAAKhk/7HZ_J-Z34AwSZof5EGOAmwvbsMEaNQ33wCLcBGAsYHQ/s1600/2.jpg)
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । पर्सामा आजदेखि इ-पास खारेज गरिएको छ । जिल्ला प्रशासन कायालय पर्साले लकडाउनमा प्रयोगमा ल्याइएको इ-पास मंगलबादेखि खारेज गरेको हो । सवारी पासका लागि नयाँ व्यवस्था लागू गर्दै यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
प्रमुख बस्नेतका अनुसार अत्यावश्यक अवस्थामा बाहेक कुनै पनि पास वितरण गरिने छैन । यस्तै बैंक तथा वित्तिय संस्थालाई बढीमा एउटा सवारी पास मात्र उपलब्ध गराइने तथा अत्यावश्यक उद्योग र कलकारखानाहरुलाई भने आफ्नो कर्मचारी र कामदारलाई उद्योग भित्रै राखेर उद्योग सन्चालन गर्न निर्देश गरेको छ ।
एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था भए काठमाडौं बाहिरएका जिल्लाको हकमा गन्तव्य जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्रै पास जारी गरिने उनले बताए ।