
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरस भित्रिन नदिन गरिएको बन्दाबन्दीले गर्दा पश्चिम नेपालको प्रमुख नाकाका रूपमा रहेको नेपालगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन कार्य प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७६र७७ को वैशाख मसान्तसम्म बन्दाबन्दीकै कारण भन्सार कार्यालयले लक्ष्यभन्दा २ अर्ब ४८ करोड ५३ लाख २२ हजार रुपियाँ कम राजस्व सङ्कलन गरेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले जानकारी दिएका छन् ।
भन्सार प्रमुख निरौलाका अनुसार सो अवधिमा १२ अर्ब ७६ करोड ८८ लाख ७३ हजार रुपियाँ राजस्व सङ्कलन गर्नुपर्ने लक्ष्य रहेकामा कुल नौ अर्ब २८ करोड ३५ लाख ५१ हजार रुपियाँ मात्र राजस्व सङ्कलन भएको छ ।बन्दाबन्दीका कारण चैत ११ गतेदेखि नै सीमा नाका बन्द गरिएपछि अत्यावश्यक वस्तुबाहेकको आयात निर्यात नहुँदा भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको हो । -गोरखापत्र
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्