काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लािग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ७१ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बजेट भाषण गर्दै उक्त रकम विनियोजन गरेको बताएका हुन् ।