
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकाका आज (आइतबार) दर्जन बढी स्थानमा नआउने भएको छ ।नेपाल विद्युत प्राधिकरणले चक्रपथ विस्तारका लागि संरचना मर्मत गर्नुपर्ने भएकाले उपत्यकाका दर्जनभन्दा बढी ठाउँमा आज विजुली आपूर्ति बन्द गर्नु परेको जनाएको हो । प्राधिकरणले आज कुलेश्वर वितरण केन्द्रअन्तर्गत कलंकीदेखि ढुंगेधारासम्म र सीतापाइलादेखि रामकोटसम्मको विभिन्न स्थानमा विजुली आपूर्ति नहुने जनाएको छ । यी क्षेत्रमा सडक विस्तारको काम भइरहेकाले यस काममा सहयोग पुर्याउन विद्युत सेवा अवरुद्ध गर्नुपरेको प्राधिकरणले जानकारी दिएको छ ।
यी क्षेत्रमा आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत ‘सटडाउन’ गरिने प्राधिकरणकी सूचना अधिकारी लीला अर्यालले जानकारी दिएका छन् । स्युचाटार–स्वयम्भू फिडरअन्तर्गत एचटी लाइनको जम्पर छुटाइ सडक दायाँ–बायाँ रहेका विद्युतीय संरचना स्थानान्तरणको काम गर्नुपर्ने र भीमढुंगा ११ केभी स्वीच जडान गर्नुपर्ने भएकाले आज दिनभर लाइन सटडाउन हुने भएको हो । प्राधिकरणले उक्त फिडरबाट विद्युत आपूर्ति लिने बुढाथोकी कोल्ड स्टोर, मुसलमान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलकत्रा फ्याक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायतका ठाउँमा आज दिनभर विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्