×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार र सोमबार राजधानीका केही ठाउँमा बिद्युत आपूर्ति नहुने, हेर्नुहोस् तपाईको ठाउँमा कुन बेला बत्ति जान्छ ?

GLOBAL IME BANK
SHREE KESH

आइतबार र सोमबार राजधानीका केही ठाउँमा बिद्युत आपूर्ति नहुने, हेर्नुहोस् तपाईको ठाउँमा कुन बेला बत्ति जान्छ ?

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आइतबार र सोमबार राजधानीका केही स्थानमा विद्युत् सेवा कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गतको कलंकीदेखि  ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तार कार्यका लागि स्वीचाटार– स्वयम्भु  फिडरबाट वितरित लाइन काटिने जनाएको हो । 

ती स्थानको विद्युत् लाइन छुटाइ तथा सितापाइला गोल्छा चोक सँगैको स्विच काटी कार्य गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले जानकारी दिनुभयो । 
सो फिडरअन्तर्गत बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलकत्रा कारखाना, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउरालीलगायतका स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ । 
ती क्षेत्रका ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा माग्दै तोकिएको काम समय अगावै सम्पन्न भएको खण्डमा विद्युत् सेवा उपलब्ध हुने जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: