
काठमाडौँ । विश्वभर कोरोना भाइरसको कहर मच्चिरहेको छ । कोरोना भाइरसका कराण हालसम्म विश्वभर ३ लाख १६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८ लाख नाघेको छ ।
कोरोना भाइरसलाई लिएर अमेरिका र चीनबीच वाक्युद्ध नै चलेको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चीनमाथि अर्को गम्भीर आरोप लगाएका छन् । पोम्पेओले भनेका छन् कोरोना भाइरस फैलिनमा चीन दोषी रहेको छ । भाइरस फैलिने कुरा थाहा हुँदाहुँदै पनि चीनले जानाजानी मानिसहरुलाई देश बाहिर जान दिएको उनले आरोप लगाएका छन्।
एक मिडियासँगको अन्तर्वार्तामा उनले भनेका छन्, चीनले कोरोना भाइरस नियन्त्रण गर्न अहम भुमिका खेल्न सक्थ्यो । तर, उसकै कारण आज विश्वलाई ठुलो जोखिममा चीनले धकेलिदिएको छ । कोरोना भाइरस सुरुका दिनमा देखिदाँ मानिसहरूलाई ट्राभल व्यान लगाउनु पर्ने थियो । तर, चीनले कुनै रोक लगाएन । चीनलाई जानी जानी उनीहरुलाई ट्राभल गर्न दियो । आज विश्व कोरोनाको चपेटामा परेकोछ । पोम्पेओले भनेका छन्, यदि परिस्थिति अझ खराब हुँदै गयो भने अमेरिकाले चीनसँगको सबै सम्बन्ध तोड्नेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चीनलाई नै बारम्बार दोषी देखाउँदै आइरहेका छन् । उनले चीनका कारण आज विश्वले यो दुर्गति देखेको उनले आरोप लगाउँदै आइरहेका छन् । – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्