
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले आज अपरान्ह चार बजे प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा ९ सांसद सहभागी हुन नपाउने भएका छन् । कोरोना परीक्षण नगरेका कारण उनीहरु संघीय संसदमा सहभागी हुन नपाउने भएका हुन् । प्रतिनिधि सभाका ७ सांसद र राष्ट्रिय सभाका २ सांसदको कोरोना परीक्षण नभएपछि उनीहरुलाई संसद भवनमा प्रवेश निषेध गरिएको छ ।
प्रतिनिधिसभाका सांसदहरुमा किशोरसिंह राठौर, कुमारी थेबे, जयकुमार राई, नरमाया ढकाल, नागेन्द्र कुमार, रुबी नाज, सूर्यबहादुर केसीको कोरोना परीक्षण गर्न बाँकी छ । यता राष्ट्रियसभाका नरपति सुनार र राधेश्याम पासवानको पनि कोरोना परीक्षण गरिएको छैन।
उनीहरुले संसदको संयुक्त अधिवेशनमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रममा सहभागीता जनाउन नपाउने भएका हुन् । सरकारले संघीय संसदका सांसदहरुलाई अनिवार्य पिसिआर प्रविधिवाट कोरोना परिक्षण गराएको र परिक्षण नेगेटिभ देखिएकालाई मात्र प्रवेश गर्न दिने नीति बनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्