Skip to content
LAXMI SUNRISE BANK

फेदीखोला गाउँपालिकाले बाँझो जग्गामा खेती गर्नेलाई अनुदान दिने, कृषि पेशाप्रति आकर्षित गर्ने उद्देश्य

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले बाँझो रहेको जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । खेतीयोग्य जमीन बाँझो हुँदै गएपछि गाउँपालिकाले जग्गा बाँझै राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै किसानलाई कृषि पेशाप्रति आकर्षित गर्ने उद्देश्यले यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ । 
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले खेतीयोग्य जमीन बाँझो हुनबाट रोक्नुका साथै पालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजनाका साथ किसानलाई अनुदान दिने निर्णय गरिएको बताए । अध्यक्ष सुवेदीले भने, “गाउँघरमा खेतीयोग्य जमीन बाँझै छन्, युवाहरु रोजगारीको खोजीमा विदेशिएका छन् । यो परम्पराको अन्त्य गर्दै गाउँमै रोजगारीको सिर्जना गर्ने उद्देश्यले बाँझो जमीनमा खेती गर्ने किसानका लागि अनुदान दिने योजाना ल्याएका हौँ।”
आफ्नै जग्गामा धानखेती गर्ने किसानलाई दुई रोपनीको चार हजार रुपैयाँ, आफ्नै जग्गामा कोदोखेती गर्नेलाई प्रतिरोपनी दुई हजार रुपैयाँ र भाडामा लिएर धानखेती गर्नेलाई पाँच हजार रुपैयाँ अनुदान दिइने छ । दलहन वा तरकारी खेती गर्नेलाई दुई हजार ५०० रुपैयाँ अनुदानको रूपमा दिइने गाउँपालिकाले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK