
काठमाडौं – रुसको सेन्ट पिटर्सवर्ग शहरमा रहेको एक कोरोना भाइरस (कोभिड-१९) अस्पतालमा आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १ सय ५० मानिसको उद्धार भएको छ । रुसको आपतकालीन मन्त्रालयले आईसीयू कक्षमा उपचार गराइरहेका कोरोना संक्रमित ५ जनाको मृत्यु भएको जनाएको छ ।
अहिलेसम्म १ सय ५० मानिसलाई अस्पतालबाट सुरक्षित रूपमा निकालिएको छ । अस्पतालभित्र कति बिरामी छन् भन्ने खुलेको छैन । आगलागीको ठोस कारण पत्ता लागेको छैन । ‘ओभरलोड’लाई पनि आगलागीको कारण ठानिएको छ । रुसको समाचार एजेन्सीले भने भेन्टिलेटरमा भएको सर्टसर्किटको कारण आगलागी भएको जनाएको छ ।
यसअघि गत शनिबार पनि मस्कोस्थित एक अस्पतालमा आगो लागेको थियो । घटनामा एक बिरामीको मृत्यु भएको थियो । -बीबीसी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्