×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनका बेला जुम्लाका हुकुम सार्कीलाई अर्को आपत : फर्निचर उद्योगमा आगलागी हुँदा १६ लाख बराबरको क्षति !

PRIME CA

लकडाउनका बेला जुम्लाका हुकुम सार्कीलाई अर्को आपत : फर्निचर उद्योगमा आगलागी हुँदा १६ लाख बराबरको क्षति !

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
जुम्ला । जुम्लाको हिमा गाउँपालिका–३ मोफ्लास्थित राहदेव फर्निचर उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान ३ बजे फर्निचर उद्योगमा जडान गरिएको विद्युत् चुहिएर आगलागी भएको सञ्चालक हुकुम सार्कीले जानकारी दिए ।
उक्त आगलागीबाट १६ लाख ११ हजार ३०० बराबरको क्षति भएको छ । राति आगलागी भएकाले भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको कल्पना सार्कीले बताए । चार वर्षदेखि उक्त उद्योग सञ्चालनमा थियो । मोफ्लावासीले कुटानी, पिसानी र काठ च्यात्नेदेखि सबै सेवासुविधा मिलबाट लिँदै आएका थिए ।
प्रहरीचौकी तथा स्थानीय बासिन्दाको सहयोगमा करीब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट फर्निचरसँगै गोदामघर, फर्निचर निर्माणस्थल, कच्चा पदार्थ राखिएको स्थल, फर्निचरमा प्रयोग हुने काठ, सोफामा प्रयोग हुने कपडा जलेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: