×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५.६८ प्रतिशतले घट्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा, अन्य सूचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

५.६८ प्रतिशतले घट्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा, अन्य सूचकको अवस्था कस्तो ?

Artha Sarokar

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाण्डौ – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्बजनिक गरेको छ । सार्बजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा ५.६८%ले घटेको छ । गत वर्ष ९ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थाले यो वर्ष ८ करोड ६६ लाख रुपैयाँमा सिमित रहेको छ ।
यस्तै, संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि घटेको छ ।  खुद ब्याज आम्दानी ४.२६%ले घटेर  १३ करोड ८७ लाख रुपैयाँमा खुम्चिएको छ ।  गत वर्ष संस्थाको खुद ब्याज आम्दानी १४ करोड ४९ लाख रुपैयाँ रहेको थियो । यता सञ्चालन नाफा पनि १४ करोड ४४ लाख रुपैयाँ घटेर १३ करोड ७३ लाख रुपैयाँमा सीमित बनेको छ ।
यो तेश्रो त्रैमाससम्ममा संस्था ५ अर्ब ६८ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। संस्थाको चुक्तापुँजी १७%ले बढेर ८० करोड पुगेको छ । जगेडा कोषको आकार भने २.४२%ले बढेर १९ करोड ३८ रुपैयाँ पुगेको छ । गत वर्ष जगेडा कोषमा १८ करोड ९२ लाख रुपैयाँ रहेको थियो । 
संस्थाको प्रतिसेयर आम्दानी घटेर १४.४३ रुपैयाँमा सीमित बन्न पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको ईपीएस १७.९० रुपैयाँ रहेको थियो।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी