- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – फरवार्ड कम्युनिटी माइक्राेफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले २१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ७.७४%ले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले २३ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, संस्थाको खुद ब्याज आम्दानी ५९ करोड ८ लाख रुपैयाँबाट घटेर ५६ करोड २१ लख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा ३६ करोड ९९ लाख रुपैयाँबाट घटेर ३४ करोड १८ लाख रुपैयाँमा झरेको छ। संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै निष्क्रिय कर्जा बढेपछि खुद नाफा घटेको हो।
यो तेश्रो त्रैमाससम्ममा संस्थाले ५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको जगेडा कोषमा ८९ करोड ७ लाख रुपैयाँ रहेको छ।
यस अवधिमा संस्था को खराब कर्जा ०.७६ प्रतिशतबाट बढेर १.०६ प्रतिशत पुगेको छ । प्रकाशित वित्तीय विवरण अनुसार संस्थाको प्रतिशेयर आम्दानी ५९ रुपैयाँ ९८ पैसा, प्रतिशेयर नेटवर्थ २७८ रुपैयाँ र मुल्य आम्दानी अनुपात ३१.७३ गुणा रहेको विवरणमा उल्लेख छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्