- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – फ्रान्समा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ हजार नाघेको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ३० जना रहेको छ । यो समेत गरेर ज्यान गुमाउनेको संख्या २५ हजार ५३१ पुगेको छ ।
यता, पछिल्लो २४ घण्टामा १ हजार ८९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ५५१ पुगेको छ । ९२ हजार २८४ जनाको उपचार भइरहेकोमा ३ हजार ४४० जनाको अवस्था गम्भीर रहेको छ ।