
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । २०६ जना कोरोना संक्रमित व्यक्ति निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबारसम्म २०६ जना कोरोना संक्रमित व्यक्ति निको भएर घर फर्किएको जनाएको हो ।
मन्त्रालयले आजसम्म प्रदेश १ मा ३० जना, प्रदेश २ मा १०२ जना, बागमती प्रदेशमा २० जना, गन्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ४७ जना र सुदूरपश्चिचम प्रदेशमा ५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् जनाएको हो । आज कोरोना भाइरसको संक्रमण भएका एक व्यक्तिको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका अर्घाखाँचीका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
भारतबाट फर्किएका उनको गत १० जेठमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यस्तै नेपालमा आज मात्रै १ सय ७० जनामा संक्रमण पुष्टी भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्