×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हवाइजहाज नचल्दा नेपाली रोईरहेछन् खाडीमा, पानी जहाज कार्यलयका कर्मचारी गुड्ने भए डेढ करोडको गाडिमा…

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

हवाइजहाज नचल्दा नेपाली रोईरहेछन् खाडीमा, पानी जहाज कार्यलयका कर्मचारी गुड्ने भए डेढ करोडको गाडिमा…

Artha Sarokar

२४ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल पानी जहाज कार्यालयले १ करोड ४३ लाख बराबरको गाडी किन्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको उक्त कार्यालयले बुधबार एक सूचना जारी गर्दै फागुन ८ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार गाडी खरिदको लागि कम्पनी छनोट गरेको जानकारी दिएको हो ।
कार्यालयले १ करोड ४३ लाख ९८ हजार बराबरको चार पांग्रे एसयूभी गाडी किन्न लागेको हो । कोभिडविरुद्ध लड्न खर्च अभाव हुनसक्ने भन्दै अर्थ मन्त्रालयले विभिन्न १४ शीर्षकहरुमा खर्च प्रतिवन्ध लगाएको छ । सरकारले बजेट विनियोजन भएका क्षेत्रमासमेत खर्च गर्न रोक लगाएको छ। तर, चैत २० अघि बोलपत्र आव्हान भइसकेका कार्यक्रममा रकम निकासा गर्न बाधा नहुने सरकारी नीति छ । गाडी खरिदको बोलपत्र फागुन ८ गते नै भइसकेकाले गाडी खरिद गर्न लागिएको कार्यालयले जनाएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी