×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा थप ४ जनाले जिते कोरोना, गण्डक अस्पतालबाट भए डिस्चार्ज !

PRIME CA
GLOBAL IME BANK

नेपालमा थप ४ जनाले जिते कोरोना, गण्डक अस्पतालबाट भए डिस्चार्ज !

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
विरगञ्ज । गण्डक अस्पतालबाट बुधबार राति थप चार जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । ती चार जनाको लगातार दुई पटकको परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिए । उनीहरु चारै जना १२ दिनमै कोरोना भाइरस मुक्त भएका हुन् । 
डिस्चार्ज भएका सबैजना वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी हुन् । अब कोभिड–१९ विशेष अस्पतालमा पाँचजना मात्रै संक्रमितहरु छन् । अहिलेसम्म वीरगञ्जको नारायणी र गण्डक अस्पतालमा भर्ना भएका १ सय २ जना मध्ये ९७ जना निको भइ घर फर्किसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: