×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतको जीडीपी २० प्रतिशतले बढ्ने अनुमान, अरु मुलुकमा के होला ?

LAXMI SUNRISE BANK

भारतको जीडीपी २० प्रतिशतले बढ्ने अनुमान, अरु मुलुकमा के होला ?

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  भारतको सन् २०२० को अन्तिम चौमासिकमा देशव्यापी लक डाउन हटाइए कुल गार्हस्थ्य उत्पादन (जीडीपी) करिब २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । लक डाउनका कारण दोस्रो चौमासिकमा समग्र अर्थतन्त्रमा नकारात्मक असर परिरहेको अवस्थामा गोल्डम्यान स्याक्सले यस्तो नयाँ पूर्वानुमान सार्वजनिक गरेको हो । विश्वका सबैजसो मुलुकमा कोरोना भाइरस प्रसार रोक्ने उद्देश्यले जारी लक डाउनका कारण अर्थतन्त्रमा नकारात्मक असर परेको छ ।
तर पछिल्ला दिनहरुमा कोरोना भाइरस संक्रमणमा केही कमी आएकाले लक डाउन सहज तुल्याउन विभिन्न कदम चाल्न थालिएको छ । गोल्डम्यान स्याक्सको अनुमानमा भनिएको छ, “लक डाउन अस्थायी हुनु पर्दछ । गरिब मुलुकका लागि यसले अझ बढी समस्या खडा गर्नेछ । खासगरी यसबाट आर्थिक क्षति बढी नै हुनेछ ।” अब्सा बैंकका अनुसार दक्षिण अफ्रिकाको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा करिब २४ प्रतिशतले कमी आउने छ ।
अफ्रिकी क्षेत्रमा विदेशी सहायतामा हुने कटौतीबाट करिब ४ करोड २० लाख मानिस चरम गरिबीमा फस्नेछन् । उनीहरुले प्रतिदिन १.९० डलरभन्दा कम आम्दानीमा बाँच्नु पर्नेछ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस महामारीका कारण खोप कार्यक्रममा पनि असर पर्ने चेतावनी दिएको छ । अफ्रिकामा यो कार्यक्रम रोकिए त्यसबाट बालमृत्यु नाटकीय रुपमा बढ्ने छ । ३ महिनासम्मको लक डाउनसँगै टीबी उपचार सेवा १० महिना रोकिए सन् २०२० देखि २०२५ को अवधिमा १४ लाखको मृत्यु हुन सक्ने स्वास्थ्य संगठनको भनाई छ । 
कोरोना महामारीकै कारण संयुक्त राज्य अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशतबाट अप्रिलमा १४.७ प्रतिशत पुगेको छ भने बेलायतमा हरेक एक तिहाई नयाँ स्नातक उत्तीर्ण युवा बेरोजगार हुँदैछन् । गोल्डम्यानका अनुसार अमेरिकामा पर्यटन सेवा, कच्चा सामग्री, कार निर्माण र अरु सेवा क्षेत्रमा लगानीको सम्भावना निकै घटेको छ । श्रम बजारमा देखिएको समस्या सुल्झाउन वर्षौं लाग्नेछ । 
अर्थतन्त्रमा निकै गम्भीर र नकारात्मक असर देखिए पनि लक डाउन खोल्दा त्यसबाट उत्पन्न हुने दोस्रो चरणको भाइरस संक्रमण रोक्नु अर्को चुनौती हुनेछ । इरानमा भाइरस प्रसारको दरमा कमी आएपछि सरकारले लक डाउनमा सहज तुल्याएको थियो । त्यसपछि फेरि संक्रमण दर उच्च फैलिएको थियो ।
यही अवस्था विकसित अन्य मुलुकमा पनि देखिएको छ । अस्ट्रेलिया, न्यूजील्याण्ड, सिंगापुर, कोरिया र चीनमा संक्रमणमा कमी आए पनि पूर्ण रुपमा व्यवसाय खोल्न र अन्तराष्ट्रिय सीमाहरु खुकुलो बनाउन हिच्किचाइरहेका छन् ।  -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी