
काठमाडौँ – जर्मनीमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या हालसम्मको आधिकारिक तथ्यांकभन्दा १० गुणा बढी रहेको हुनसक्ने अनुमान गरिएको छ। बोन्न विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले जर्मनीमा १८ लाख मानिसहरु संक्रमित भएको अनुमानित आंकडा निकालेको छ। तर अहिलेसम्म त्यहाँ एक लाख ६० हजार मानिसहरु कोरोना संक्रमित रहेको आधिकारिक पुष्टि भएको छ।
कोरोनाबाट सबैभन्दा प्रभावित हेइन्सवर्ग शहरमा विश्वविद्यालयका ९१९ जना मानिसहरुबाट स्वास्थ्यजाँचका लागि आवश्यक नमुना लिएको थियो। अध्ययनले हरेक पाँचमध्ये एकजनामा कोरोनाको लक्षण रहेको देखाएको छ। जर्मनीले अहिले लकडाउनलाई खुकुलो बनाउँदै लगेको छ। त्यहाँका चिडियाखाना, संग्रहालय र कपाल काट्ने पसलहरु खुला गरिएको छ । केही स्थानमा विद्यालयहरु पनि सञ्चालनमा ल्याइएको छ। अहिलेसम्म जर्मनीमा कोरोना संक्रमणबाट ६,८६६ जनाको ज्यान गएको छ। -एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्