
नेपालमा लकडाउन खुकुलो बनाउनुपर्ने आवाज उठीरहेको छ । केहिले यसको लामै रटान लगाईरहेका छन् । तर लकडाउन खुकुलो बनाएपछि जर्मनीमा कोरोना भाइरस संक्रमित बढेको पाइएको छ । लकडाउन खुकुलो बनाएको एक दिनमै संक्रमण बढेको पाइएको बीबीसीले जनाएको छ ।
रोबर्ट कोच इन्सटिच्युटका अनुसार खुकुलो बनाएपछि संक्रमणको रि-प्रोडक्सन रेट बढेको हो । यसको अर्थ एक संक्रमित व्यक्तिले कति जनालाई कोरोना भाइरस सार्न सक्छ, त्यो दर बढेको हो । अहिले यो दर एकभन्दा बढी रहेको समाचारमा उल्लेख छ । ‘यसको सीधा अर्थ जर्मनीमा यो हो कि देशमा संक्रमण अब बढिरहेको छ,’ समाचारमा लेखिएको छ ।
शनिबार हजारौंको संख्यामा मानिसहरु भेला भएर लकडाउन सधैंका लागि अन्त्य गर्न माग गरेका थिए । जर्मन चान्सलर एंगेला मर्केलले बुधबार १६ राज्यका नेताहरुसँग कुराकानी गर्दै देशव्यापी लकडाउनमा व्यापक छुट दिने घोषणा गरेकी थिइन् ।
संक्रमणको आधारमा जर्मनी विश्वको सातौं अधिक प्रभावित देश हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार जर्मनीमा कूल एक लाख ७१ हजार ८ सय ७९ जना संक्रमित छन् । यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या सात हजार ५६९ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्