Skip to content
LAXMI SUNRISE BANK

सुनचाँदीको दरभाउ नियमित प्रकाशन हुने (विज्ञप्तिसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले बुधबारदेखि सुनचाँदीको बजार मूल्य नियमित प्रकाशन गरेको छ । संघले एक विज्ञप्ती जारी गर्दै यस्तो जानका दिएको हो ।
 महासंघले विज्ञप्तीमा, “अन्तर्राष्ट्रिय बजार भाउ अनुसार सुनचाँदीको बजार मूल्य धैरै फरक भैसकेको अवस्थामा विगत दुई महिनादेखि पूरानै दरभाउ बिभिन्न सामाजिक सञ्जालमा देखिरहेकोले उपभोक्ताहरुमा अन्यौलता सिर्जना नहोस् भन्नको लागि नियमित प्रकाशन गर्ने” जनाएको छ ।
सोमबार बसेको महासंघको कार्यसमिति बैठकले अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार लिई दैनिक सुनचाँदीको मूल्य कायम गरी प्रकाशित गर्ने निर्णय भए अनुसार आजदेखि सुनचाँदीको दर भाउ प्रकाशन गरिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK