×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीले प्रश्न गरेपछि गृहमा छलफल, ‘बैंक, सहकारी र बीमा कम्पनी पनि बन्द गरौँ, एटिएममा झन् जोखिम भो’

PRIME CA

प्रधानमन्त्रीले प्रश्न गरेपछि गृहमा छलफल, ‘बैंक, सहकारी र बीमा कम्पनी पनि बन्द गरौँ, एटिएममा झन् जोखिम भो’

अर्थ सरोकार

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘यति धेरै बैंक किन खोलेको ?’ भन्ने प्रश्न गरेकै दिन काठमाडौँ भक्तपुर र ललितपुरमासमेत कोरोना संक्रमित भेटिएपछि गृह मन्त्रालयमा बैंक र एटिएमहरु तत्काल बन्द गर्ने बारे छलफल भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार अहिलेलाई सरकारी बैंकमात्र खोलेर अन्यलाई बन्द गर्ने कि सबै बन्द गर्ने वा अत्यावश्यक भनिएका सेवाहरुलाई बन्द गर्दा कस्तो असर पर्छ भन्ने विषयमा छलफल भएको छ । गृले यसका लागि राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग पनि विशेष समन्वय गर्नेगरी छलफल अगाडी बढाएको छ ।
मंगलबार मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा कुनै सम्झौता नगर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए । सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमै असन्तुष्टि व्यक्त गरेका थिए।
‘यति धेरै बैंक किन खोल्न दिएको ? केहि खोलेर बाँकी बन्द गर्न लगाउनूस्…’ प्रधानमन्त्री ओलीले भनेका थिए । उनले प्रधानमन्त्री ओलीले उच्चस्तरीय समितिको सुझावका आधारमा बैङ्क तथा वित्तीय संस्था र अत्यावश्यक सेवाका उद्योगहरू खोल्न दिइँदा लकडाउन औचित्यहीन भएको बताएका थिए । उनले अब यसरी हुँदैन भन्दै कडा कदम चाल्न निर्देशन दिएको मन्त्रीहरूले बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: