×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकाका सबै नाका सिल गर्न गृहको परिपत्र : काठमाडौं छिर्न आरडीटी रिपोर्ट चाहिने, राहत-खाना वितरण पनि रोक !

PRIME CA
GLOBAL IME BANK

उपत्यकाका सबै नाका सिल गर्न गृहको परिपत्र : काठमाडौं छिर्न आरडीटी रिपोर्ट चाहिने, राहत-खाना वितरण पनि रोक !

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बददाता 
काठमाडौं । गृह मन्त्रालयले उपत्यकाका सबै नाका सिल गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । उपत्यकाका जनप्रतिनिधिसँग भएको छलफलपछि मन्त्रिस्तरिय निर्णय गर्दै गृहले नाका सिल गर्न निर्देशन दिएको हो ।
जेठ १ गते उपत्यका नगरपालिका फोरमका पदाधिकारी, नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख, उपत्यकाका, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसहित बैठकले नाका सिल गर्ने निष्कर्ष निकालेको थियो । गृहले जारी गरेको परिपत्रमा काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न भन्नुको साथै लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न आग्रह गरिएको छ ।
यस्तै नाका प्रवेशका स्थानीय तहहरु लगायत काठमाडौँ उपत्यकाका सबै स्थानीय तहरुले होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य सम्भाव्य स्थलहरुलाई क्वारेन्टाइन बनाउने गृहले निर्देशन दिएको छ । तर, क्वारेन्टाइनमा बस्नेहरुले आफ्नो खर्च आफै भुक्तानी गर्ने गरी व्यवस्थापन गर्न समेत गृहमले भनेको छ । त्यसको लागि प्रशासन कार्यालयसँग समन्वय गर्न समेत भनिएको छ । सवारी साधनहरु प्रवेश विन्दुमा पुग्नुपूर्व नै सुरु प्रस्थान जिल्लामा नै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाई गर्न समेत गृहले भनेको छ । 
यस्तै गृहले काठमाडौँ प्रवेश गर्नलाई आरडिटी रिपोर्ट अनिवार्य चाहिने भनेको छ । संघसंस्था–क्लबहरुले गरिरहेको सामूहिक राहत वितरण र खाना वितरणले भिडभाड बढ्न गई जोखिम बढाएको भन्दै रोक्न गृहले भनेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: