- अर्थ सरोकार सम्बाददाता
गुल्मी । गुल्मीमा सातामा दुई दिन बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरसले माहामारीको रुप लिएपछि सातामा दुई दिन मात्रै बैंक तथा वित्तीय संस्थाहरु खुला हुने भएका हुन् । यसअघि भने साताको एक दिन मात्रै बैंक तथा वित्तीय संस्थाहरु खुल्दै आएका थिए ।
अब दुई दिन सञ्चालनको अनुमति दिइएको जिल्ला प्रशासन कार्यालका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । जिल्ला संकट ब्यबस्थापन केन्द्र गुल्मीको बैठकले आइतबार र बुधबार बिहान १० बजेदेखि १ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्न दिने निर्ण गरेको हो ।